Nepali Update

Nepali Update News and media
(3)

सुनसरी र सिरहाका घटनाबारे छानबिन गर्न गठित दुई समितिले बाहिरी घुसपैठ नभएको र सुरक्षाकर्मीले चलाएको गो*लीबाट चार युवाको म...
18/08/2026

सुनसरी र सिरहाका घटनाबारे छानबिन गर्न गठित दुई समितिले बाहिरी घुसपैठ नभएको र सुरक्षाकर्मीले चलाएको गो*लीबाट चार युवाको मृ*त्यु भएको निष्कर्ष निकालेका छन्।

सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले २० राउन्ड गो*ली च*लाएको र गो*ली लागेर तीन जनाको मृत्*यु भएको प्रतिवेदनमा उल्लेख छ। सिरहामा पनि प्रहरीको पेस्तोलबाट चलेको गोली लागेर गणेश यादवको मृ*त्यु भएको र अर्का एक जना घाइते भएको समितिले जनाएको छ।

दुवै समितिले गो*ली चलाउने सुरक्षा अधिकारीमाथि आवश्यक कारबाही गर्न सिफारिस गरेका छन्। साथै आगामी दिनमा भिड नि*यन्त्रणका क्रममा गैरघातक हतियार, रबरको गो*ली र बडीवर्न क्यामेरा प्रयोग गर्न सुझाव दिइएको छ।

गृह मन्त्रालयले प्रतिवेदन अध्ययन गरी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

नेकपा एमालेमा पार्टी पुनर्गठनको बहससँगै अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर आन्तरिक विवाद चर्किएको छ। ओलीले पुनर...
18/08/2026

नेकपा एमालेमा पार्टी पुनर्गठनको बहससँगै अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर आन्तरिक विवाद चर्किएको छ। ओलीले पुनर्गठनको पक्षमा गतिविधि गर्नेहरूलाई ‘आवारा, किर्ना र उरन्ठेउला’ भनेपछि नेताहरू सामाजिक सञ्जालमा पक्ष–विपक्षमा खुलेका हुन्।

पुराना नेता अमृतकुमार बोहोराले ओलीलाई आफूलाई भगवान नठान्न चेतावनी दिँदै पार्टी रूपान्तरणको अभियान तीव्र बनाउनुपर्ने बताएका छन्। अर्का नेता युवराज कार्कीले पनि पुनर्गठन अभियानमा लागेका युवाहरूलाई आफ्नो समर्थन रहेको बताएका छन्।

यता ओलीनिकट नेता सूर्य थापाले भने ओलीले कसैलाई व्यक्तिगत रूपमा ‘आवारा’ नभनेको दाबी गर्दै पार्टीभित्र अराजकता र गुटगत गतिविधि स्वीकार्य नहुने बताएका छन्।

ओलीको पक्ष र विपक्षमा नेताहरूबीच सामाजिक सञ्जालमै आरोप–प्रत्यारोप बढेपछि एमालेभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई संविधानको सीमाभ...
18/08/2026

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई संविधानको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति तथा निर्णय नगर्न चेतावनी दिएका छन्।

मंगलबार नेकपाको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्ति र कांग्रेस इतर समूहको निर्णयप्रति आपत्ति जनाएका हुन्।

देउवाले आइतबार आयोजित एक भेलामा आफू हिन्दु भएको बताएका थिए। उक्त भेलाले संविधानको मर्मविपरीत हिन्दु धर्मको पक्षपोषण हुने गरी निर्णय गरेको भन्दै प्रचण्डले संविधानविपरीत गतिविधि नगर्न सचेत गराएका हुन्।
बैठकमा प्रचण्डले भनेका थिए, ‘संविधानभन्दा दायाँबायाँ लाग्नुभयो भने तपाईं आफैँ सकिनुहुन्छ र देश पनि दुर्घटनामा पर्छ। आफैँले बनाएको संविधानविपरीत निर्णय र अभिव्यक्ति नदिनुहोला।’

प्रचण्डले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार संविधान, लोकतन्त्र र व्यवस्थाविपरीत अघि बढेको आरोपसमेत लगाए। सरकार बनेपछि बेथिति र भ्रष्टाचार बढेको तथा सञ्चारमाध्यममाथि दबाब सिर्जना गरी आवाज दबाउने प्रयास भइरहेको उनको दाबी थियो।

उनले वर्तमान अवस्थाविरुद्ध पार्टीले छिट्टै सडक आन्दोलनको अपिल गर्ने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरे।

यसैबीच, नेकपा र एमालेबीच भएको तीनबुँदे सहमतिले वामपन्थी शक्तिबीच सहकार्यको ढोका खोले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति परिवर्तन नभएसम्म तत्काल पार्टी एकता सम्भव नरहेको प्रचण्डले स्पष्ट पारे।
उनका अनुसार दीर्घकालीन रूपमा वामपन्थी एकताको पक्षमा आफूहरू रहे पनि तत्कालका लागि तीनबुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्नुको विकल्प छैन।

बैठकमा नेकपाका सहसंयोजक माधवकुमार नेपालले देश गम्भीर मोडमा रहेको भन्दै लोकतान्त्रिक–गणतन्त्र पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने बताए। वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि एमालेसहितको बृहत् वामपन्थी एकताका लागि नेकपाले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाह ‘बालेन’सँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका...
18/08/2026

प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाह ‘बालेन’सँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा नेपाल–भारतबीचको सुरक्षा तथा सैन्य सम्बन्धलगायत आपसी हितका विषयमा छलफल भएको जनाइएको छ । भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए ।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन् । भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

यसअघि सोमबार नै प्रधान सेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा दुई देशबीचको सैन्य सहकार्य, आपसी सम्बन्ध तथा साझा हितका विषयमा छलफल भएको थियो ।

यमनको हुथी विद्रोही समूहले साउदी अरबको सरकारी स्वामित्वको तेल कम्पनी साउदी अरामकोको जाजानस्थित रिफाइनरीमा ड्रोन आ*क्रमण ...
18/08/2026

यमनको हुथी विद्रोही समूहले साउदी अरबको सरकारी स्वामित्वको तेल कम्पनी साउदी अरामकोको जाजानस्थित रिफाइनरीमा ड्रोन आ*क्रमण गरेको दाबी गरेको छ।

हुथी नियन्त्रित साबा समाचार एजेन्सीका अनुसार सैन्य स्रोतलाई उद्धृत गर्दै हुथीले जाजानस्थित अरामको रिफाइनरीलाई लक्षित गरी धेरै ड्रोन प्र*हार गरेको जनाएको हो।

हुथी पक्षले उक्त आ*क्रमणलाई यमनका सादा र हज्जाह प्रान्तमाथि भएको भनिएको हवाई क्षेत्र उल्लंघनको जवाफ भएको दाबी गरेको छ। सैन्य स्रोतले साबामार्फत भनेको छ, ‘यमेनी सशस्त्र बलहरूले जाजानस्थित अरामको तेल रिफाइनरीमा धेरै ड्रोनमार्फत आ*क्रमण गरेका छन्।’

यस घटनाबारे साउदी अधिकारीबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। त्यसैले आ*क्रमणबाट भएको क्षति वा मानवीय हताहतीबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ।

साउदी अरामकोका ऊर्जा पूर्वाधारमाथि हुथीले यसअघि पनि आ*क्रमणको दाबी गर्दै आएको छ। पछिल्लो घटनाले लाल सागर क्षेत्रको सुरक्षा र साउदीको ऊर्जा पूर्वाधारमाथिको जोखिम थप बढेको संकेत गरेको छ।

ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको छ।उपसभामुख रुवीकुमारी ठाकुरले श्रे...
18/08/2026

ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको छ।

उपसभामुख रुवीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा ललितपुर प्रहरीले अदालतसँग श्रेष्ठलाई पक्राउ गर्न अनुमति मागेको थियो।

तर अदालतले पक्राउ अनुमति दिन अस्वीकार गरेको हो।
यसैबीच श्रेष्ठले मंगलबार नै उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिएका छन्। उनले आफूमाथि धरपकड नगर्न तथा आफ्ना उपकरणहरू बरामद नगर्न आदेश माग गरेका छन्।

श्रेष्ठ सर्वोच्च अदालतको परमादेशपछि सोमबार मात्रै रिहा भएका थिए।

परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा चित्त नबुझेको भन्दै रास्वपा सांसद तामाङले प्रतिनिधिसभा बैठक छाडेकी छन्।परराष्ट्रमन्...
18/08/2026

परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा चित्त नबुझेको भन्दै रास्वपा सांसद तामाङले प्रतिनिधिसभा बैठक छाडेकी छन्।

परराष्ट्रमन्त्रीले जवाफ दिइरहेका बेला तामाङले उठेर प्रश्न सोध्न पाउनुपर्ने अडान राखेकी थिइन्। तर, सभामुखले उनलाई बोल्न समय नदिएपछि बस्न निर्देशन दिएका थिए।
सभामुखले ‘मैले बोल्न समय दिएको छैन, बस्नुस्’ भने पनि तामाङले आफूले बोल्न पाउनुपर्ने अडान राखिरहिन्।

त्यसपछि सभामुखले उनलाई सभाको मर्यादामा रहन निर्देशन दिएका थिए। सभामुखको निर्देशनपछि तामाङ झोला बोकेर बैठकबाट बाहिरिएकी हुन्।

तामाङले कम्बोडियामा ३७ दिनअघि निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा सरकारसँग जवाफ मागेकी थिइन्। यस विषयमा हिजो सभामुखले रुलिङ गरेपछि आज परराष्ट्रमन्त्री खनालले जवाफ दिएका थिए। तर, मन्त्रीको जवाफमा चित्त नबुझेपछि तामाङले बैठक छाडेकी हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइँ मन्त्री विराजभक्त श्रेष्ठले पुराना र न्यून क्षमताका विद्युत् संरचनाका कारण पटक–पटक बिजुली जान...
18/08/2026

ऊर्जा, जलस्रोत तथा सिँचाइँ मन्त्री विराजभक्त श्रेष्ठले पुराना र न्यून क्षमताका विद्युत् संरचनाका कारण पटक–पटक बिजुली जाने गरेको बताएका छन्।

प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले अब विद्युत् वितरण र प्रसारण प्रणाली सुधारलाई प्राथमिकता दिइएको बताए। उनका अनुसार अहिले विद्युत् उत्पादनभन्दा प्रसारण र वितरण मुख्य चुनौती बनेको छ।

मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड रुपैयाँ आम्दानी भएको र १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको जानकारी दिए।

भोल्टेज उतारचढाव र ट्रिपिङ समस्याबारे गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको उनले बताए।

होर्मुज स्ट्रेटबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि अज्ञात प्रोजेक्टाइल प्र*हार भएको छ।घटनामा जहाजको इन्जिन रुममा ...
18/08/2026

होर्मुज स्ट्रेटबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि अज्ञात प्रोजेक्टाइल प्र*हार भएको छ।

घटनामा जहाजको इन्जिन रुममा क्षति पुगेको र एक जना चालक दलका सदस्यको मृ*त्यु भएको ब्रिटिस म्यारिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले जनाएको छ।

यूकेएमटीओका अनुसार जहाज बाहिरिने क्रममा अज्ञात प्रोजेक्टाइलबाट प्रहारमा परेको थियो। प्रहारपछि इन्जिन रुममा क्षति पुगेको थियो।

घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई ओमान कोस्ट गार्डले उद्धार तथा सहायता गरिरहेको छ। घटनाबाट वातावरणमा कुनै असर परेको सूचना अहिलेसम्म प्राप्त नभएको यूकेएमटीओले जनाएको छ।

घटनामा कुन प्रकारको प्रोजेक्टाइल प्रयोग भएको हो र यसको जिम्मेवार पक्ष को हो भन्नेबारे तत्काल स्पष्ट भएको छैन। सम्बन्धित अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

अमेरिका–इजरायल र इरानबीच जारी यु*द्ध तथा बढ्दो तना*वका कारण होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजको आवतजावतमा ठूलो गिरावट आएको छ। पछिल्ला दिनमा यस मार्गबाट दैनिक केही सीमित जहाज मात्रै आवतजावत गरिरहेका छन्।

सोमबार मात्रै ६ वटा कमोडिटी जहाज होर्मुज स्ट्रेटबाट गुज्रिएको प्रारम्भिक तथ्यांक उद्धृत गरिएको छ।
विश्वको महत्वपूर्ण ऊर्जा मार्गका रूपमा रहेको होर्मुज स्ट्रेटमा बढ्दो सुरक्षा जोखिमले अन्तर्राष्ट्रिय व्यापार तथा ऊर्जा आपूर्तिमाथि थप दबाब सिर्जना गर्ने चिन्ता बढेको छ।

धनुषाको सबैला नगरपालिका–११ का ५७ परिवारले नापजाँच सम्पन्न भएको करिब एक दशकपछि जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका ...
18/08/2026

धनुषाको सबैला नगरपालिका–११ का ५७ परिवारले नापजाँच सम्पन्न भएको करिब एक दशकपछि जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

नापी कार्यालय धनुषाले साविक मखनाहा गाउँ विकास समिति–६, ७, ८ र ९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न गरेको थियो। तर नापजाँच सकिए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो।

विगतमा आयोगमार्फत नापनक्सा भइसकेका जग्गाको बाँकी आवश्यक प्रक्रिया पूरा गरेपछि नापी कार्यालयले ५७ थान जग्गाधनी पुर्जा वितरण गरेको हो।

वर्षौंसम्म जग्गा भएर पनि त्यसको कानुनी स्वामित्वको प्रमाण पाउन नसकेका स्थानीयवासीले अब औपचारिक रूपमा आफ्नो जग्गाको स्वामित्व प्रमाणपत्र प्राप्त गरेका छन्।

करिब १० वर्षको प्रशासनिक ढिलाइपछि लालपुर्जा हातमा परेसँगै ५७ परिवारको लामो प्रतीक्षा अन्ततः समाप्त भएको छ।

Address

Kathmandu

Telephone

+9779829501792

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Club

Send a message to Nepali Update:

Shortcuts

Share