13/09/2024
यस फेवा रोधी क्लबका संचालक, हाम्रो अभिभावक आदरणीय दिनेश लामाज्युको ममतामयी माता श्री मनसुली तामाङज्युको मिति २०८१/५/२८ गते उपचारको क्रममा असामायिक निधन भएको खबरले फेवा रोधी क्लब परिवार अत्यन्तै मर्माहत भएको छ । यस दु:खद घडिमा स्वर्गीय माताको आत्माको चीरशान्तिको लागि भगवान संग प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । दु:खको यस घडिमा आदरणीय दिनेश लामाज्यु र परिवारका सम्पुर्ण सदस्यहरुमा गहिरो शोक ब्यक्त गर्दै भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी हार्दिक समबेदना प्रकट गर्दछौँ । साथै आज मिति २०८१/५/२९ गते शनिबार १ दिनको लागि फेवा रोधी क्लबका सम्पुर्ण गतिबिधिहरु बन्द रहने जानकारी गराउँदै सो क्रममा हाम्रा भगवान रुपि आदरणीय पाहुना महानुभावहरुमा पर्न गएको असुबिधा प्रती क्षमा प्रार्थी छौँ !! 🙏🙏
ब्यबस्थापक
( फेवा रोधी क्लब परिवार )